शुक्रबार, आश्विन २३ गते २०८३
images

वर्तमान सरकारलाई कुनै पनि गल्ती गर्ने छुट छैन:प्रधानमन्त्री ओली

एक्सप्रेस पाना
भाद्र ६, २०८१ बिहीबार
  • 237
    SHARES
  • वर्तमान सरकारलाई कुनै पनि गल्ती गर्ने छुट छैन:प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्। 

    images

    बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले आफुहरुलाई गल्ती गर्ने, अन्यौल र प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै छुट नभएको बताए । 

    उनले भने,"हामीलाई कुनै गल्ती गर्ने, अन्यौल र प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै छुट छैन। हामी गरिबीको दुश्चक्रमा छौँ। २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन्,"। 

    images

    उनले नेपाल विकसित राष्ट्र बन्नेतर्फ उन्मुख हुँदै गएको पनि दाबी गरे। 

     

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली