शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाली चलचित्र ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ आजदेखी प्रदर्शनमा

एक्सप्रेस पाना
भाद्र ७, २०८१ शुक्रबार
  • 239
    SHARES
  • नेपाली चलचित्र ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ आजदेखी प्रदर्शनमा

    काठमाडौं । आजदेखी (शुक्रबार)सिनेमा हलहरुमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। 

    images

    लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ र रमित ढुंगानाको चलचित्र ‘नमेटिने घाउ’ हलमा लागेका हुन्।
     
    मलिका महतको मुख्य भूमिका रहेको ‘सतीदेवी’ निर्देशक सुवैदीकै लेखन र निर्माण रहेको छ। चलचित्रले देशमा जति नै परिवर्तन आए पनि परिवर्तित हुन नसकेको महिलाको कथालाई समेटेको छ। 

    चलचित्रमा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी, हर्षिका वली, सिर्जना अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी र मनिषा सापकोटाको अभिनय रहेको छ। 

    images


    त्यसैगरी रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ पनि आज बाट हलहरुमा लागेको छ । रमितकै निर्माण रहेको चलचित्रको कथा शिवम अधिकारीले लेखेका हुन्। चलचित्रमा खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाललगायतको अभिनय रहेको छ। 

    चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल पनि विशेष भूमिकामा छन्। सत्य घटनामा आधारित यो चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जनाको पीडा समेटिएको बताइएको छ । 

     

  • सम्बन्धित विषय:

  • # ‘नमेटिने घाउ’
  • # ‘सतीदेवी’