शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘देवी’ को शीर्ष गीत सार्वजनिक

एक्सप्रेस पाना
भाद्र ९, २०८१ आइतबार
  • 222
    SHARES
  • चलचित्र ‘देवी’ को शीर्ष गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘देवी’ को शीर्ष गीत सार्वजनिक भएको छ। स्वप्नील शर्माको स्वर रहेको गीतमा उनकै शब्द र संगीत संयोजन छ। 

    images

    गीतमार्फत चलचित्रको कथा प्रस्तुत गरिएको छ। गीतको भिडियोमा चलचित्रकी मुख्य अभिनेत्री शिल्पा मास्केको नृत्य देखाइएको छ।

    चलचित्र तीजको अवसरमा यही भदौ २१ गते प्रदर्शन हुनेछ। क्राइम थ्रिलर जनरामा बनेको चलचित्रका निर्देशक सञ्जोग राई हुन् भने चलचित्रमा निर्देशक राई र अजय गौतमको कथा तथा पटकथा छ।

    images

    चलचित्रमा अन्य कलाकार गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरक्षिा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय छ।

     

  • सम्बन्धित विषय:

  • # ‘देवी