शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सरकार गलत बाटोतर्फ अग्रसर हुदैछ:अध्यक्ष दाहाल

एक्सप्रेस पाना
भाद्र ११, २०८१ मंगलबार
  • 227
    SHARES
  • सरकार गलत बाटोतर्फ अग्रसर हुदैछ:अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकार गलत बाटोतर्फ अग्रसर रहेको बताएका छन् । 

    images

    मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलको नेताको तर्फबाट सम्बोधन गर्दै सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर भइरहेको बताएका हुन् । 

    उनले बर्तमान सरकार  जनताभन्दा स्वार्थ समूहको सेवामा अग्रसर रहेको भन्दै शक्तिको दुरुपयोगतिर उन्मुख रहेको बताए । 

    images

     “म सरकारलाई हनिमुन पिरियडसम्म शंकाको सुविधा दिने पक्षमा थिएँ । सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्नेमा थिएँ,” । यो झण्डै दुई महिनाको यो अवधिलाई हेर्दा सरकारको नियत र गन्तव्यको अवलोकनपछि म यो निश्कर्षमा पुगेको छु यो “सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर उन्मुख छ । जनताभन्दा स्वार्थ समूहको सेवामा अग्रसर छ,” उनले भने । 

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल ‘प्रचण्ड’