काठमाडौं । चलचित्र ‘एक्टर’को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।
निर्माणपक्षले बिहीबार सार्वजनिक गरेको पोस्टर चलचित्रका शीर्ष नायक प्रदीप खड्कालाई प्रस्तुत गरिएको छ । पोस्टरमा प्रदीप सख्त घाइते देखिन्छन् ।
कात्तिक १५ गते रिलिज हुने तयारीमा रहेको चलचित्रमा प्रदीपसहित नायक राजबल्लभ कोइराला नायिकाहरु दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् ।
नायक दिलीप रायमाझीकी छोरी दिव्या यही चलचित्रबाट ठूलो पर्दामा डेब्यू गर्दै छिन् ।
यस चलचित्रको निर्देशक राजन भुसाल हुन् भने चलचित्रको कथा आकाश बराल र राजन स्वयमले लेखेका छन् ।
अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो चलचित्रका निर्माता थमन कुमारी भण्डारी हुन् ।


