बिहीबार , कार्तिक २० गते २०८३
images
images

पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको छ :अध्यक्ष दाहाल

एक्सप्रेस पाना
भाद्र १६, २०८१ आइतबार
  • 235
    SHARES
  • पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको छ :अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको बताएका छन् ।

    images

    प्रेस सेन्टर बाँकेले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताउँदै पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको बताएका हुन् । उनले आफूलाई अध्यक्ष भइरहने रहर नभएको बताए । 

    अध्यक्ष दाहालले भने, “म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन,” “पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दै छु ।”“अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ,” । “तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कार्यकर्ता पंक्तिको ठूलो प्रेसर छ ।”

    images

    पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उनले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरुपता र एकढिक्का बनाएर अगाडि बढाउने उल्लेख गरे । 

     

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल