शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘घरज्वाइँ’ ले मनायो प्रदर्शनको ५१ औं दिन

एक्सप्रेस पाना
भाद्र १६, २०८१ आइतबार
  • 251
    SHARES
  • चलचित्र ‘घरज्वाइँ’ ले मनायो प्रदर्शनको ५१ औं दिन

    काठमाडौं । चलचित्र ‘घरज्वाइँ’ ले प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ ।

    images

    चलचित्रले शनिबारबाट देशको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीनवटा हल, गोंगबुस्थित बिएसआर मुभिज, सामाखुसीमा रहेको क्यूएफएक्स चेनको सिटी स्क्वायर हल र नेपालगन्जस्थित सिने रोयल हलमा ५१ औं दिन पार गरेको हो । 

    निर्माण युनिटले शनिबार साँझ एक कार्यक्रम आयोजना गर्दै ५१ औँ दिनमा केक समेत काटेको छ । कार्यक्रममा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायत फिल्म युनिट र रंग पत्रकारको सहभागिता थियो ।

    images

    गत असार २८ गतेबाट प्रदर्शनमा आएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको अभिनय छ । चलचित्रले ५१ औं दिनसम्म ६ करोडको व्यापार गरेको कार्यक्रममा निर्माण युनिटले जानकारी गराएको छ । 

     

  • सम्बन्धित विषय:

  • # ‘घरज्वाइँ