शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिप्रति कांग्रेस सांसद खतिवडाको आपत्ति

एक्सप्रेस पाना
भाद्र १८, २०८१ मंगलबार
  • 240
    SHARES
  • सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिप्रति कांग्रेस सांसद खतिवडाको आपत्ति

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

    images

    गत शनिबार मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

    मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले मन्त्रीहरुले बोल्दा जिब्रोमा ब्रेक लगाउन आवश्यक रहेको बताए । 

    images

    उनले भने, "सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरुलाई म अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ–कहाँ ब्रेक लगाउनुपर्ने हो ? लाग्दैगर्ला तर मन्त्रीहरुले जिब्रोमा ब्रेक लगाएर बोलियोस् । यसको जवाफ संसद्मा दिइयोस् ।"

     सो अभिव्यक्ति विवादमा परेपछि मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए ।

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # पृथ्वीसुब्बा गुरुङ
  • # रामहरि खतिवडा