आइतबार, भाद्र २८ गते २०८३
images

पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी पलेशालाई महानगरले गर्‍यो नगदसहित सम्मान

एक्सप्रेस पाना
भाद्र १९, २०८१ बुधबार
  • 287
    SHARES
  • पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी पलेशालाई महानगरले गर्‍यो नगदसहित सम्मान

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । 

    images

    मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको उपस्थितिमा महानगरले पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरेको हो ।

    महानगरले कोच रविराज नेगीलाई पनि नगद तीन लाखसहित सम्मान गरेको छ । 

    images

    फ्रान्सको राजधानी पेरिसमा जारी १७ औँ पारा ओलम्पिककी कांस्य पदक विजेता पलेशा गोवर्धन बुधबार विहान स्वदेश फर्किएकी हुन्। उनलाई राष्ट्रिय कहल्कुद परिषदले सम्मान स्वरूप विमानस्थल देखि दशरथ रंगशालासम्म नगर परिक्रमा गराएको थियो 

    पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत गत शुक्रबार सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

     

     

  • सम्बन्धित विषय:

  • # पारा ओलम्पिक
  • # काठमाडौँ महानगरपालिका
  • # पलेशा गोवर्धन