शुक्रबार, भाद्र २६ गते २०८३
images

हरिवंश र प्रकाशको मुख्य भूमिका चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने

एक्सप्रेस पाना
भाद्र २०, २०८१ बिहीबार
  • 258
    SHARES
  • हरिवंश र प्रकाशको मुख्य भूमिका चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने

    काठमाडौं । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् ।

    images

    गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो चलचित्र निर्माण गर्न लागेका हुन् । ओलीले बुधबार चलचित्र विकास बोर्डमा यो नाममा चलचित्र दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन् ।

    चलचित्रको पटकथा तथा संवाद हरिवंशले लेखेका हुन् ।

    images

    अभिनेता आचार्य र निर्माता ओलीबीच म्युजिक भिडियोमा लगातार सहकार्य भइरहेको थियो ।

    अभिनेताद्धय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो । तीनैजनाले यसअघि सँगै चलचित्रमा काम गरेका छैनन् । 

  • सम्बन्धित विषय:

  • # हरिबहादुरको जुत्ता
  • # हरिवंश आचार्य
  • # प्रकाश सपुत