शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एन्फा महिला लिगमा बागमती यूथ क्लबमाथी कोशी प्रदेशले जित

एक्सप्रेस पाना
भाद्र २०, २०८१ बिहीबार
  • 265
    SHARES
  • एन्फा महिला लिगमा बागमती यूथ क्लबमाथी कोशी प्रदेशले जित

    काठमाडौं । एन्फा महिला लिग २०८१ फुटबलमा बागमती यूथ क्लबमाथी कोशी प्रदेशले जित निकालेको छ । 

    images

    बिहिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले बागमतीलाई २–१ को गोलअन्तरले पराजित गरेको हो ।

    खेलको २६औं मिनेटमा विष्णु माया बलले गोल गर्दै बागमतीलाई अग्रता दिलाइन् । खेलको २९औं मिनेटमा समिक्षा मगरले कोशीको लागि गोल फर्काइन् ।

    images

    खेलको ५४औं मिनेटमा भने बागमतीले आत्मघाती गोल गरेसँगै कोशीले जित हासिल निकालेको हो । 

    अर्को खेलमा वालिङ नगरपालिका र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने छ । खेल ४ः१५ बजे सुरु हुनेछ ।

  • सम्बन्धित विषय:

  • # एन्फा महिला लिग