शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चलचित्र ‘वसन्त’को शुभमूर्हत

एक्सप्रेस पाना
भाद्र २३, २०८१ आइतबार
  • 248
    SHARES
  • चलचित्र ‘वसन्त’को शुभमूर्हत

    काठमाडौं । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ । 

    images

    चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काले क्यामेरामा पूजाअर्चना गरी चलचित्र छायाँकनको सुरुआत गरेका हुन् ।

    शुभमूर्हत समारोहमा बोल्दै चलचित्रका निर्मातासमेत रहेका अभिनेता सपूतले चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको बताए । 

    images

    चलचित्रको ९० प्रतिशत छायाङ्कन आफ्नो गृहथलो बागलुङमा हुने बताइएको छ । चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । चलचित्रको कथा र सङ्गीत पनि सपूत आफैँले तयार पारेका हुन् । 

     

  • सम्बन्धित विषय:

  • # वसन्त
  • # प्रकाश सपूत