काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य तोलामा १२ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो ।
आज चाँदीको मुल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १७९५ रुपैयाँ रहेको चाँदी आइतबार १७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



