शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एन्फा महिला लिगमा संकटा फुटबल क्लबलाई पराजित गर्दै वालिङको लगातार दोस्रो जित

एक्सप्रेस पाना
भाद्र २४, २०८१ सोमबार
  • 272
    SHARES
  • एन्फा महिला लिगमा संकटा फुटबल क्लबलाई पराजित गर्दै वालिङको लगातार दोस्रो जित

    काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले दोस्रो जित निकालेको छ ।

    images

    सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै वालिङले लगातार दोस्रो जित निकालेको हो ।

    वालिङलाई जित दिलाउनका लागि एक मात्र निर्णायक गोल सिसि नानटोङ्गोले खेलको ३९ औं मिनेटमा गरेकी थिइन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

    images

    जितसँगै वालिङले दुई खेलबाट ६ अंक जोडेको छ । संकटा भने अङ्कविहीन छ । 

  • सम्बन्धित विषय:

  • # एन्फा महिला लिग