काठमाडौं । कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख रहेकी चित्रलेखा यादव अष्ट्रेलियाको राजदूतमा सिफारिस भएकी छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले यादवलाई अष्ट्रेलियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।
सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो तर रिजालमाथी परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि उनको सट्टा चित्रलेखालाई सिफारिस गरिएको हो ।
संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुनेछ ।



