शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उपसभापति गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्छ:महामन्त्री थापा

एक्सप्रेस पाना
भाद्र २५, २०८१ मंगलबार
  • 339
    SHARES
  • उपसभापति गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्छ:महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

    images

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि प्रश्न उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको बताएका हुन् ।

    गुरुङ आफैँले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ गर्न नहुने बताए ।  

    images

    गुरुङको मात्रै नभई आफ्नो वा अरू कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानबिन हुनुपर्ने र दोषी देखिए कारबाहीसमेत गर्नुपर्ने उनको भनाइ छ र 

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # गगन थापा
  • # उपसभापति धनराज गुरुङ