काठमाडौं । चलचित्र ‘खुस्मा’ को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिका रहेको छ ।
ट्रेलरमा धिरज र उपासनाको प्रेम, विवाह र विछोडको कथाबारे देखाइएको छ ।
प्रेमकथामा निर्माण भएको चलचित्रमा अशोक थापको निर्देशन रहेको छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सो चलचित्रको निर्मातामा वीर बहादुर लामा, चन्द्र भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन्।
यो चलचित्रमा धिरज र उपासनाका साथमा माओत्से गुरूङ, राज थापा काउछा, विजय संयोक सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, खडक बहादुर पुन लगायतका कलाकारहरूको अभिनय छ।


