शुक्रबार, आश्विन २३ गते २०८३
images

उपसभामुख रानालाई मार्गप्रशस्त गर्न कांग्रेसको सुझाव

एक्सप्रेस पाना
भाद्र २६, २०८१ बुधबार
  • 228
    SHARES
  • उपसभामुख रानालाई  मार्गप्रशस्त गर्न कांग्रेसको सुझाव

    काठमाडौं ।  नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामाथि प्रश्न उठेकाले मार्गप्रशस्त गर्न सुझाव दिएको छ। 

    images

    बुधबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले उपसभामुखले आफैँ बहिर्गमनको बाटो रोज्दा उपयुक्त हुने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले बताएका हुन् ।

    उनले उपसभामुखले अमेरिकी दूतावासलाई अन्तर्वार्ताको मिति अघि सार्न भन्दै लेखेको पत्रले संसद्को शिर झुकाएको बताए । 

    images

    “उहाँमाथि गम्भीर प्रश्न उठेको हो । संसद्लाई नै अपामानित गरेको छ । शिर झुकाएको छ,” “हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले आफैँले बुझेर मार्ग प्रशस्त गर्नु अर्थात् बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ भन्ने हाम्रो भनाइ हो,” घिमिरेले भने ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # उपसभामुख इन्दिरा राना