शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उपसभामुख इन्दिरा रानाबारेमा 'पर्ख र हेर’को अवस्थामा रास्वपा

एक्सप्रेस पाना
भाद्र २६, २०८१ बुधबार
  • 281
    SHARES
  • उपसभामुख इन्दिरा रानाबारेमा 'पर्ख र हेर’को अवस्थामा रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि ‘पर्ख र हेर’को अवस्थामा रहेको जनाएको छ ।

    images

    बुधबार बसेको सचिवालय बैठकपछि कार्यवहाक प्रवक्ता मनिष झाले अहिले कुनै निर्णय नगरिएको बताएका हुन् । उनले सत्तारुढ दलले कस्तो कदम चाल्छ त्यसपछी पुन छलफल गर्ने र  परिस्थितिको सामना गर्न तयार रहेको बततए ।  

    उनले भने,“उहाँहरू (सत्तारुढ दल)ले कस्तो कदम लिनुहुन्छ । उहाँहरूको प्रस्तुति कस्तो हुन्छ ? त्यसअनुसार हामी फेरि छलफल गर्नेछौँ,” । “हामी पर्ख र हेरको अवस्थामा छौँ ।” “पत्र सम्बन्धित ठाउँमा पुगेको पनि थिएन । भिसाको अन्तर्वार्ताको समय माग गरिएको थियो । १८ महिनासम्म किन लुकाएर राखिएको,” । 

    images

    उनले इन्दिरा राना मगर आफैँमा गलत नभएको भन्दै सत्तारुढ दललाई पदमा बसेको सह्य नभएको आरोप लगाए । 
     

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # उपसभामुख इन्दिरा राना