शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सांसदहरुलाई उपत्यका नछोड्न कांग्रेसको ह्वीप

एक्सप्रेस पाना
भाद्र २६, २०८१ बुधबार
  • 349
    SHARES
  • सांसदहरुलाई उपत्यका नछोड्न कांग्रेसको ह्वीप

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई उपत्यका नछोड्न ह्वीप जारी गरेको छ । 

    images

    प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई एसएमएसमार्फत ह्वीप जारी गर्दै जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुन सक्ने भन्दै ३ असोजसम्म आफ्ना सांसदहरुलाई उपत्यका नछोड्न आग्रह गरेका हुन् । 

    सरकारमा रहेका प्रमुख दल नेपाली कांग्रेस र एमालेले उपसभामुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।

    images

    नेकपा एमालेले यसअघि मंगलबार नै आफन सांसदहरूलाई उपत्यका नछोड्न ह्वीप जारी गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # ह्वीप