शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनसेलद्वारा ठाकुरापुर, कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

एक्सप्रेस पाना
भाद्र २७, २०८१ बिहीबार
  • 287
    SHARES
  • एनसेलद्वारा ठाकुरापुर, कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

    काठमाडौ । एनसेलले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

    images

    यस शिविरमा ३०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए ।

    नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट मुटु रोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरु पनि पाएका थिए । 

    images

    Health Camp (11).jpg

    यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका, वडा नं. ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ । 

    “एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्घ रहेका छौं । यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न सामाविक विकासका कार्यहरु गर्दै आएका छौं । हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् । 

    एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत सातै प्रदेशमा विकास कार्यहरु कार्यन्वयन भइरहेका छन् । यस ‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना संचालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । 

    Health Camp (7).jpg

    एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ । साथै कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रुपमा अन्तर्गत अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी रु ३२० खर्ब भन्दा बढी राजस्व तिरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # एनसेल
  • # निःशुल्क स्वास्थ्य शिविर