शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनीत

एक्सप्रेस पाना
भाद्र २७, २०८१ बिहीबार
  • 234
    SHARES
  • कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनीत

    काठमाडौं । नेपाली कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० जना मनोनीत भएका छन् ।

    images

    पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जनालाई मनोनीत गरेका हुन् । 

    पार्टी केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सिना प्रमुख रहेको विभागमा अछामका यज्ञराज उपाध्याय, काठमाडौंका राजेन्द्र खत्री, काभ्रेपलाञ्चोक रविन्द्र खड्का, चितवनका रमेश कोइराला, दाङका चन्द्र शर्मा ,तनहुँका सरोज भण्डारी, ललितपुरका रिसबदेव घिमिरे, सिरहाका शान्ति सदा, पाँचथरका देशु सुहाङ, दैलेखका गणेश हमाल मनोनीत भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस