काठमाडौं । एन्फा महिला लिग–२०८१ फुटबलमा त्रिुभवन आर्मी क्लबले बागमती युथ क्लबलाई पराजित गरेको छ ।
बिहिबार सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले बागमतीलाई ३–० को गोलअन्तरले पराजित गरेको हो ।
आर्मीका लागि विमला चौधरी र अमिषा कार्कीले २ गोल गरे ।
त्यसैगरी ९०औं मिनेटमा बागमतीकी सान्जी थिङले आफ्नै पोष्टमा गोल गरेसँगै आर्मीले थप एक गोल पाएको हो ।
यससँगै ४ खेलबाट ३ मा जित निकालेको आर्मी ९ अंकसहित दोस्रो स्थानमा छ भने ४ खेलमध्ये १ खेलमा मात्र जित हासिल गरेको बागमती ३ अंकसहित सातौं स्थानमा छ ।
४ खेलमध्ये ३ खेलमा जित हासिल गरेको नेपाल पुलिस क्लब भने १० अंकसहित शीर्ष स्थानमा छ ।



