शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपालले अमेरिकामा खेल्ने लिग-२ को खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
भाद्र २७, २०८१ बिहीबार
  • 368
    SHARES
  • नेपालले अमेरिकामा खेल्ने लिग-२ को खेल तालिका सार्वजनिक

    काठमाडौं । नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ ।

    images

    नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ ।

    नेपालले पहिलो खेल २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ भने दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच टी-२० सिरिज हुनेछ ।

    images

    लिग–२ र त्रिकोणात्मक टी-२० आई सिरिज खेल्न नेपाली टोली मंगलबार राति क्यानडातर्फ गइसकेको छ ।

    नेपालले लिग २ मा क्यानडासँग १६ र २२ सेप्टेम्बरमा खेल्नेछ । त्यस्तै ओमानसँग १८ र २४ सेप्टेम्बरमा लिग–२ मा प्रतिस्पर्धा गर्नेछ ।

    त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

    क्यानडामा यी खेल सकिएपछि नेपाली टोली अमेरिका जानेछ ।

  • सम्बन्धित विषय:

  • # आइसीसी क्रिकेट विश्वकप लिग-२