शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अनुहार नभइ व्यवहार हेरेर कारबाही गर्न प्रधानमन्त्री ओलीको संसदीय छानबिन समितिसँग आग्रह

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 224
    SHARES
  • अनुहार नभइ व्यवहार हेरेर कारबाही गर्न प्रधानमन्त्री ओलीको संसदीय छानबिन समितिसँग आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम अपचलन गर्नेहरुको अनुहार नभइ व्यवहार हेरेर कारबाही गर्न संसदीय समितिसँग आग्रह गरेका छन् ।

    images

    शनिवार सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै उनले समितिसँग यस्तो आग्रह गरेका हुन् ।

    उनले कोही निर्दोषमाथि कुनै प्रकारको औंलो नठडिने र दोषी उम्किन नदिने गरी समितिको निष्कर्ष बनाउन आग्रह गर्दै उनले सहकारीका माध्यमबाट अनेक तरिकामार्फत गरिएको शोषण,लुट, ठगीहरुलाई नियन्त्रण गर्न नदिनका लागि सरकारले पनि काम गरिरहेको बताए ।

    images

    उनले भने, "सरकारले आवश्यक ऐन बनाउनुपर्ने ठाउँमा ऐन बनाएर, ऐनलाई नियममा परिणत गर्नुपर्दा नियम बनाएर, कहीँ नियमन गर्नुपर्दा त्यसलाई नियमन गरेर, एउटा सीमा कट्न नदिएपछि त ठूलो बद्मासी हुनै सक्दैन । त्यसकारण सहकारी भनेको समुन्द्रमा पौडी खेल्ने जात नै होइन । बढीमा बाथटवमा नुहाउँछ होइन भने यसो स्वीमिङ पुलसम्म । त्यो भन्दा ठूलो क्षेत्र यसको होइन । जति ठूलो दायरामा उडेको देखिन्छ, त्यो अनौठो भएकै हो । यसलाई रोक्न यहाँहरुका सुझाव आउन् । कोही निर्दोषमाथि कुनै प्रकारको औंलो नठडियोस् । निर्दोष नपरुन् । कोही पनि दोषी नउम्कियोस् । अनुहार हेरेर काम होइन, व्यवहार हेरेर निस्कर्ष ल्याउनु ।"

    प्रधानमन्त्री ओलीले उनले समितिलाई सरकारले निर्देशन दिने भन्दा पनि समितिले सरकारलाई निर्देशन दिनुपर्ने बताए । सहकारी कसैप्रति उत्तरदायी हुनु नपर्ने र एक दुई जनाको गरिखाने,ठगी खाने भाँडो हुनु नहुने उनको भनाइ छ । 

    प्रधानमन्त्री ओलीले भने,"हामी सहकारी क्षेत्रका समस्या समाधान गर्न सम्भव, व्यवहारिक केके हुनसक्छन्, ति सुझाव आउन् । यहाँहरुका सुझाव आउन्, त्यो सुझाव हामी कार्यान्वयन गर्छौं । हामीले समितिलाई कुनै निर्देश दिन भन्ने हुँदैन, समितिले सरकारलाई निर्देश गरोस् । निर्देश समितिले गर्ने हो । छानविनका निस्कर्षबाट यो देखियो, यो ठाउँमा अनुगमन गर्नुपर्छ, यि शर्तका साथ सहकारी खोल्नुपर्छ । सहकारी कसैप्रति उत्तरदायी हुनु नपर्ने र एक दुई जनाको गरिखाने, ठगी खाने भाँडो हुनु भएन । यस समस्याको समाधान हुनुपर्छ भनेर सरकार लागेको । हामी यहाँहरुको रिपोर्ट, सुझावको प्रतिक्षामा छौँ ।"

     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # संसदीय छानबिन समिति
  • # केपी शर्मा ओली
  • # रकम अपचलन