काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।
आइतबार बिहान हनुमानढोका कालभैरवअगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएर यो पर्वको सुरु गरिएको हो । आजबाट नै काठमाडौंको विभिन्न टोलबाट देवगणहरू बाहिर निकाल्ने गरिन्छ ।

असोज १ गते मंगलबार इन्द्रजात्राको मुख्य दिन बसन्तपुरबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथ यात्रा सुरु गरिन्छ । इन्द्रजात्रा देवी देउताहरूको जात्रा पनि भन्ने गरिन्छ । यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ ।

.jpg)


