शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गण्डकी प्रदेश सरकारले पलेशालाई मासिक भत्ता दिने

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 319
    SHARES
  • गण्डकी प्रदेश सरकारले पलेशालाई मासिक भत्ता दिने

    काठमाडौं । पारा ओलम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने भएको छ ।

    images

    आइतबार आयोजित सम्मान कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऐतिहासिक पदक जिताएकी पलेशालाई मासिक भत्ता दिने घोषणा गरेका हुन् ।

    प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेको गण्डकीका ९ खेलाडीलाई मासिक भत्ता स्वरूप ५ हजार दिँदै आएको छ । सोही समूहमा पलेशालाई समावेश गरिएको हो । 

    images

    उनले भने, ‘गत वर्षदेखि हामीले ओलम्पिकमा भाग लिएका गण्डकी प्रदेशका खेलाडीलाई मासिक प्रोत्साहन सहयोग स्वरूप भत्ताको व्यवस्था गरेका छौँ,’ ‘प्रदेशभित्रका खेलाडीलाई दिने भनेर गत वर्षबाट सुरु गरेको जुन मासिक भत्ता छ । भाग लिने खेलाडीलाई दिएका थियौँ । मेडल नै ल्याउन सफल भएको कारण प्रदेशबाहिरको भएता पनि पलेशा गोवर्द्धनलाई दिने घोषणा गर्दछु ।’

    सम्मान कार्यक्रममा पलेशालाई गण्डकी प्रदेश सरकारले एक लाख ५० हजार, पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र जिल्ला तेक्वान्दो संघ कास्कीले ५० हजार १५५ रुपैयाँ प्रदान गरेका छन् ।

    पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्। 

     

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • # सुरेन्द्रराज पाण्डे
  • # पलेशा गोवर्द्धन