शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ :राष्ट्रपति

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 241
    SHARES
  • अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ :राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/०८१ वर्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।  

    images

    आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।  

    प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसूरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजन सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण भएको बताए। राष्ट्रपति पौडेलले सदाचार, निष्पक्षता र निर्भिकताको मूल मन्त्रलाई अख्तियारले आत्मसात गरेकोमा खुशी व्यक्त गरे।  

    images

    राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारवाही समेटेर पेश गरेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे। 

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रामचन्द्र पौडेल