शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 242
    SHARES
  • प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्।  

    images

    दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

    संसद्‍को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्दै विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ। आजको संसद् बैठकमा भने माओवादीले प्रधानमन्त्रीलाई बोल्न दिने भएको छ। 

    images

    संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ। अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय सरकारले गरिसकेको छ।

    सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ भने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले छानबिन प्रतिवेदन पेश गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९र८० पेश गर्ने सम्भावित कार्यसूची समेत संसद् सचिवालयले सार्वजनिक गरेको छ।

    त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायक विधेयक २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # प्रधानमन्त्री