शनिबार, भाद्र २७ गते २०८३
images

इन्फा अवार्डमा अनमोल र केकी सर्वोत्कृष्ट,लाईफटाईम एचिभमेन्टमा भुवन केसी सम्मानित

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 249
    SHARES
  • इन्फा अवार्डमा अनमोल र केकी सर्वोत्कृष्ट,लाईफटाईम एचिभमेन्टमा भुवन केसी सम्मानित

    काठमाडौं । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनमा सम्पन्न भएको छ ।

    images

    शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित बृहत कार्यक्रममा अनमोल केसीे फर्की फर्कीबाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारीले प्रसाद २ बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाएका छन् ।  

    त्यसैगरी २०२४ को पप्पुलर अभिनेताको अवार्ड दयाहाङ राईले चलचित्र जारीबाट हात पारेका छन् भने यही चलचित्रबाट मिरुना मगरले पप्पुलर अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सर्वोत्कृष्ट अभिनेता जुरी तर्फ पुजार सार्कीबाट प्रदीप खड्का र सुपला सापकोटा बोक्सीको घरबाट अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन् । 

    images

    यता लाईफटाईम एचिभमेन्ट अवार्डबाट नेपाली चलचित्र क्षेत्रमा लिजेन्ड्री एक्टर भुवन केसी सम्मानित भएका छन् । 

    पब्लिक च्वाईस तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पल शाहले जित्न सफल हुदाँ सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ ठहरिएकी छिन् । यता पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर शुशान्त खत्रीले जीत्दा इन्करेजमेन्ट अवार्ड चलचित्र लण्डन टु पेरिसबाट गरिमा शर्माले पाएकी छन् । 

    चलचित्र जारी सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ भने उपेन्द्र सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # इन्फा अवार्ड
  • # अनमोल
  • # केकी
  • # भुवन केसी