काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा सकिएको भनेर टिप्पणी गरेपनि रास्वपा नसकिएको र रास्वपाले अरूलाई सक्काउने बताएका छन् ।
मंगलबार काठमाडौँको कमलादीमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा सकियो भनेर टिप्पणी गर्ने गरेकालाई रास्वपा नसकिएर बरु रास्वपाले अरुलाई सक्काउन सक्ने बताएका हुन् । उनले यो लडाईमा आफुहरुलाई हार्ने छुट नभएको बताउदै आफुहरुले शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट परिवर्तन गर्ने बताए ।
सभापति लामिछानेले २०७९ को चुनाव ८४मा चुनाव लड्न दिएको निम्तोको कार्डमात्र भएको बताउँदै उनले मानिसहरुले गोल खान नडराएर जोगाएको लोकतन्त्रमा हामीहरु गाली खान डराउन नहुने बताए ।
लामिछानेले भने, "हाम्रो आगमन नै अरूका लागि समस्या भयो त हामी के गरौँ ?’, ‘रास्वपाले दुई तिहाइको नेतृत्व नगरेसम्म यी समस्या आइरहन्छन् ।’ ‘रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ । लडाई बल्ल सुरु हुदैछ’, । ‘हामीले लड्ने लडाईमा कसैको सिउँदो पुछिदैन, शान्त विद्रोह गर्छौ । २०७९ को चुनाव त हामीले ८४मा चुनाव लड्न दिएको निम्तो कार्डमात्र हो । यो लडाईमा हामीलाई हार्ने छुट छैन ।"
बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।



