आइतबार, भाद्र २८ गते २०८३
images

जारी आइसीसी विश्वकप लिग– २ मा नेपाल ओमानसँग एक विकेटले पराजित

एक्सप्रेस पाना
आश्विन ३, २०८१ बिहीबार
  • 258
    SHARES
  • जारी आइसीसी विश्वकप लिग– २ मा नेपाल ओमानसँग एक विकेटले पराजित

    काठमाडौं । जारी आइसीसी विश्वकप लिग– २ अन्तर्गत नेपाल ओमानविरुद्ध पनि पराजित भएको छ । बुधबारराति भएको दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो ।

    images

    नेपालले दिएको २२१ रनको लक्ष्य पछाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    ओमानका लागि जतिन्दर सिंहले सर्बाधिक ४१ रन बनाए भने कश्यप प्रजापतिले ३६, कप्तान आकिब इलियासले २९ रन बनाएका थिए ।

    images

    त्यस्तै नेपाली बलर गुलशन झाले सर्बाधिक ५ विकेट लिएका थिए भने किरण केसीले २ तथा सन्दीप लामिछाने र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ६० रन बनाए भने गुलशन झाले ५३ तथा आरिस सेखले ३५ रन बनाएका थिए ।

    लिग–२ को अंक तालिकामा नेपालको ६ खेलमा २ अंक मात्र रहेको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै ओमानको भने ५ खेलमा५ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # आइसीसी विश्वकप लिग– २