शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘खुस्मा’ आजबाट प्रदर्शनमा

एक्सप्रेस पाना
आश्विन ३, २०८१ बिहीबार
  • 255
    SHARES
  • चलचित्र ‘खुस्मा’ आजबाट प्रदर्शनमा

    काठमाडौं । नेपाली चलचित्र ‘खुस्मा’ आजबाट प्रदर्शनमा आएको छ ।

    images

    संविधान दिवसको अवसर पारेर ‘खुस्मा’ आजबाट प्रदर्शनमा आएको हो । चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिका रहेको छ ।  

    प्रेमकथामा निर्माण भएको चलचित्रमा अशोक थापको निर्देशन रहेको छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सो चलचित्रको निर्मातामा वीर बहादुर लामा, चन्द्र भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन्।

    images

    चलचित्रमा धिरज र उपासनाका साथमा माओत्से गुरूङ, राज थापा काउछा, विजय संयोक सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, खडक बहादुर पुन लगायतका कलाकारहरूको अभिनय छ।

  • सम्बन्धित विषय:

  • # चलचित्र ‘खुस्मा’