शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्दै

एक्सप्रेस पाना
आश्विन ४, २०८१ शुक्रबार
  • 247
    SHARES
  • प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दै छन् ।

    images

    अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । 

    उनले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    images

    महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # प्रधानमन्त्री
  • # अमेरिका