शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

एक्सप्रेस पाना
आश्विन ४, २०८१ शुक्रबार
  • 232
    SHARES
  • प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । 

    images

    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली शुक्रबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् ।

    प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुले बिदाइ गरेका हुन् ।

    images

    प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् ।

    प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

    kp-4-1726813841.jfif

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # केपी शर्मा ओली
  • # अमेरिका