शुक्रबार, श्रावण २९ गते २०८३
images
images

उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

एक्सप्रेस पाना
आश्विन ४, २०८१ शुक्रबार
  • 345
    SHARES
  • उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन शुक्रबार संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका छन् ।  

    प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सरकारले गर्ने दैनिक कार्यसम्पादन कार्यवाहक प्रधानमन्त्रीका रूपमा सिंहले गर्नेछन् । 

    images

    प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    1-1726814448.jfif

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रामचन्द्र पौडेल
  • # प्रकाशमान सिंह
  • # राष्ट्रपति