शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बंगलादेशविरुद्धको पहिलो टेस्टमा भारत २८० रनले विजयी

एक्सप्रेस पाना
आश्विन ६, २०८१ आइतबार
  • 250
    SHARES
  • बंगलादेशविरुद्धको पहिलो टेस्टमा भारत २८० रनले विजयी

    काठमाडौं । भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा २८० रनले जित निकालेको छ । 

    images

    भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो । जितपछि भारतले २ खेलको टेस्ट सिरिजमा १–० को अग्रता हासिल गरेको छ । 

    भारतको जितमा आर आश्विनले ६ विकेट लिदै बंगलादेशलाई अल आउट गर्न महत्वपूर्ण योगदान गरेका थिए । त्यस्तै रविन्द्र जडेजाले ३ र जसप्रित बमराहले एक विकेट लिएका थिए । त्यस्तै बंगलादेशका लागि कप्तान नाजमुल होसैन शान्तोले सर्बाधिक ८२ रन बनाएका थिए ।

    images

    जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्नो पारी घोषणा गरेपछि बंगलादेशले ५१५ रनको लक्ष्य पाएको थियो । भारतले पहिलो इनिंगमा पाएको २२७ रनको बढ्तका आधारमा बंगलादेशलाई विशाल लक्ष्य दिएको थियो । 

    भारतका लागि दोस्रो इनिंगमा शुभमन गिल र ऋषव पन्तले शतक बनाएका थिए ।  गिलले अविजित ११९ रन बनाए भने पन्त १०९ रन बनाएर आउट भएका थिए । 

    यस अघि भारतले पहिलो इनिंगमा ३७६ रन बनाएको थियो भने बंगलादेश १४९ रनमै अल आउट भएको थियो । 
    दोस्रो टेस्ट सेप्टेम्बर २७ देखि भारतको कानपुरमा शुरु हुदैछ ।

  • सम्बन्धित विषय:

  • # टेस्ट
  • # भारत
  • # बंगलादेश