काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘एक्टरः टेक वन’का तीन नयाँ पोस्टर एकसाथ सार्वजनिक गरिएको छ ।
सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रदीप खड्का, अभिनेत्री आना शर्मा र दिव्या रायमाझीलाई प्रस्तुत छन् । राजन भुसालकोे निर्देशनमा रहेको चलचित्रमा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलाको पनि अभिनय छ ।
‘एक्टरस् टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन्। अनिश भुसाल सह-निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन्। चलचित्र आगामी कात्तिक १५ मा रिलिज हुने तयारीमा छ ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, र पोस्ट९प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन्। चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहेका छन् भने ईभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ। संगीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।


