काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय मामिला विभागमा १० सदस्यहरू मनोनयन गरेका छन् ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर शाह प्रमुख रहेका नेपाली कांग्रेस संसदीय मामिला विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेका हुन् ।
मनोनयन हुनु भएका सदस्यहरू प्रा. ई. महेश सिंह कठायत काठमाडौं, बासु कार्की काठमाडौं ,टेकबहादुर कुँवर अछाम,लाक्पा शेर्पा दोलखा,श्री नरेन्द्र साह, पर्सा श्री अस्मिता लामा (खुशीमाया), लम्जुङ तेज शाह कञ्चनपुर, धनबहादुर गिरी ओखलढुंगा, माधव पाण्डे, कालिकोट श्री मोहन सुनार, दाङबाट मानोनित भएको छन् ।



