शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जनताले अनुभूति गर्ने गरी परिणाममुखी भएर काम गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

एक्सप्रेस पाना
आश्विन ७, २०८१ सोमबार
  • 249
    SHARES
  • जनताले अनुभूति गर्ने गरी परिणाममुखी भएर काम गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरूलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । 

    images

    उपप्रधानमन्त्री सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरूलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन् । उनले जनताले अनुभूति गर्ने गरी परिणाममुखी भएर काम गर्नुपर्ने बताए । 

    सहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालाहरूसँग समन्वय गरी काममा द्रुतता दिनुपर्ने उनको भनाइ थियो ।

    images

    उनले भने, ‘कुन आयोजनाको अवस्था के छ ? समस्या के छ ? भनेर बुझ्न तपाईंसँग छलफल राखेको हो । टिम वर्कका रूपमा अघि बढेर परिणाम दिनुप¥यो,’ प्रधानमन्त्रीज्यूसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस् ।’ 

    उपप्रधानमन्त्री सिंहले काममा समस्या भए मन्त्रालयले समन्वय गर्ने भन्दै नतिजा आउने गरी आउने दिनमा प्रभावकारी रूपमा काम गर्न आग्रह गरे ।

     

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह
  • # उपप्रधानमन्त्री