काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र सचिव मणिराम गेलालबिच कार्यसम्पादन करारसम्बन्धी सम्झौता भएको छ ।
मंगलबार कार्यवाहक प्रधानमन्त्री सिंहले मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।
भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए । सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबीच सम्झौता भएको हो ।
उनले मन्त्रालयको कामलाई जनताले अनुभूतिगर्ने गरि अगाडी बढाउन पनि सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।



