काठमाडौं । नेपाली कांग्रेसको थारू विभागमा १० सदस्य मनोनयन भएका छन् ।
मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी प्रमुख रहेका नेपाली कांग्रेस थारू विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन् ।
मनोनयन भएका सदस्यहरूमा देवमान चौधरी वर्दियाबाट, हल्लुप्रसाद चौधरी दाङ, शिवनारायण राना, कैलाली, श्री साजनकुमार महतो, चितवन, शैलेन्द्र चौधरी, रौतहट, नमिता चौधरी, सप्तरी वोरनारायण चौधरी, सुनसरी,सरिता चौधरी, कैलाली,सुचि चौधरी, मोरङ।कुलमणि चौधरी, बाराबाट रहेका छन् ।




