शुक्रबार, श्रावण २९ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता

एक्सप्रेस पाना
आश्विन ९, २०८१ बुधबार
  • 291
    SHARES
  • परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् । 

    images

    संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणाले मंगलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी हुन् ।  

    उनले दक्षिण कोरियाका विदेशमन्त्री चो ताय–युलसँग गरेको द्विपक्षीेय भेटवार्तामा दुई देशको मित्रता, पारस्पारिक सम्मान, समझदारी र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगिने विषयमा छलफल भएको छ  । भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे कुराकानी भएको छ ।  

    images

    भेटमा पछिल्लो समय ईपीएस प्रणालीमार्फत् नेपाली नागरिकलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकलाई समेत दक्षिण कोरियाले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्री राणाले धन्यवाद दिएकी छन् । 

    त्यसैगरी मन्त्री राणाले मंगलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी छन् । भेटमा दुई देशको आपसी हित र साझा चासोका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र समन्वयबारेमा छलफल भएको छ । 

     

  • सम्बन्धित विषय:

  • # आरजु राणा
  • # फिलिपिन्स
  • # दक्षिण कोरिया