काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । मंगलबार एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला ४० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।



