सोमबार, भाद्र २९ गते २०८३
images

आइसीसीको एकदिवसीय वारियतामा नेपाल एक स्थान तल झर्यो

एक्सप्रेस पाना
आश्विन ९, २०८१ बुधबार
  • 269
    SHARES
  • आइसीसीको एकदिवसीय वारियतामा नेपाल एक स्थान तल झर्यो

    काठमाडौं । आइसीसीको एकदिवसीय वारियतामा नेपाल एक स्थान तल झरेको छ । 

    images

    आइसीसीको नयाँ वरियतामा एकदिवसीय क्रिकेटमा लगातार हार बेहोरेको नेपाल १७औ स्थानमा पुगेको हो । यस अघि नेपाल १६औँ स्थानमा रहेको थियो ।

    त्यस्तै पछिल्ला खेलहरुमा जित हासिल गरेको क्यानडाले भने चार स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको छ । त्यस्तै अमेरिका एक स्थान उक्लिएर नेपाल भन्दा अगाडी १६औँ स्थानमा रहेको छ । त्यस्तै खराब प्रदर्शन गरिरहेको नामिबिया तीन स्थान तल झरेर १८औँ स्थानमा पुगेको छ भने ओमान एक स्थान तल झरेर १९औँ स्थानमा पुगेको छ ।

    images

    त्यस्तै एकदिवसीय क्रिकेटको शिर्ष स्थानमा भारत रहेको छ भने दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आइसीसी क्रिकेट विश्वकप