शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक छ:गृहमन्त्री लेखक

एक्सप्रेस पाना
आश्विन १०, २०८१ बिहीबार
  • 285
    SHARES
  • सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक छ:गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक भएको बताएका छन् ।

    images

    बिहिबार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)द्वारा काठमाडौमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको बताएका छन् । 

    उनले संविधानले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको विषयलाई सङ्घ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचिकृत गर्दै तीनवटै तहका सरकारको समन्वय तथा सहकार्यमा अगाडि बढ्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले संविधानले विपद् व्यवस्थापनका सन्दर्भमा स्थानीय तहहरूलाई विशेष जिम्मेवारी प्रदान गरेको र सो अनुसार तीनवटै सरकारले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए ।

    images

    उनले भने,‘विपद व्यवस्थापनका क्षेत्रमा सरकारी क्षेत्रका साथै गैह्रसरकारी क्षेत्रअन्तर्गतका विभिन्न सङ्घ, संस्थाहरूले समेत आ–आफ्नो भूमिका निर्वाह गर्दै हातेमालो गरिरहेका छन् ‘युएसएआइडीको सहयोगमा सञ्चालित ‘तयार नेपाल’ परियोजनाले विपद् जोखिम न्यूनीकरण एवं विस्थापनका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

     

     

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • # रमेश लेखक