काठमाडौं । नेपाली कांग्रेसले संघीय मामिला समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनीत गरेका हुन् ।
यस विभाग प्रमुखमा चन्द्रबहादुर के.सी. रहेका छन् । मनोनीत सदस्यहरूमा संखुवासभाबाट ज्ञानबहादुर कार्की, शेख रसिद अलि रौतहट, होमबहादुर गुरुङ धादिङ,श्रीराम ढुंगाना नुवाकोट, माया राना मगर स्याङ्जा, भोजबहादुर के.सी.गुल्मी,.यमबहादुर खत्री रुपन्देही,लोकेन्द्रबहादुर वि.क.अर्घाखाँची, समिरजंग मल्ल रुकुम (पश्चिम) र डबलबहादुर बोहरा डोटीबाट रहेका छन् ।



