काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी पहिरोमा परेकाको उद्दार, राहत, घाइतेको उपचारमा गम्भीरतापूर्वक काम गर्ने बताएका छन् ।
शनिबार केन्द्रीय सुरक्षा समितिको बैठकपछि बोल्दै गृहमन्त्री लेखकले सुरक्षित स्थानमा बस्न र आफ्नो नजिक जोखिममा रहेकाहरुलाई सहयोग गर्न आग्रह गर्दै उद्दार, राहत, घाइतेको उपचारमा गम्भीरतापूर्वक काम गर्ने बताएका हुन् ।
उनले भने,"सरकारले उद्दार, राहत, घाइतेको उपचारमा गम्भीरतापूर्वक काममा गर्नेछौं । सुरक्षित स्थानमा बस्न र आफ्नो नजिक जोखिममा रहेकाहरुलाई सहयोग गर्न आग्रह छ।’‘नख्खु खोलामा चार जनालाई कोसिस गर्दा गर्दै पनि बचाउन सकेनौं । हामी दुःखी छौं। हेलिकप्टर पठाउन सकिएन । जमिनबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार गर्ने क्रममा उनीहरु नै बग्ने अवस्था आयो ।"
उनले देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरु बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज् बनउने काम भइरहेको बताए । उनले सबै नागरिकले शतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गरे । उनले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताए ।



