आइतबार, भाद्र २८ गते २०८३
images

त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपालले ओमानविरुद्ध खेल्दै

एक्सप्रेस पाना
आश्विन १३, २०८१ आइतबार
  • 276
    SHARES
  • त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपालले ओमानविरुद्ध खेल्दै

    काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत ओमानविरुद्ध खेल्दैछ ।

    images

    सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः ४५ बजेदेखि शुरु हुनेछ ।

    नेपाल र ओमानबीच अहिलेसम्म कुल ६ टी–२० खेल भएका छन्, जसमा नेपाल र ओमानले ३–३ खेल जितेका छन् । यस सिरिजमा नेपालले अर्को खेल मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच खेल्ने छ । 

    images

    क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी र देव खनाललाई रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी–२० सिरिज