शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सरकारले सबै सामर्थ्य लगाएर विषम परिस्थितिको सामना गर्नेछ :अर्थमन्त्री पौडेल

एक्सप्रेस पाना
आश्विन १३, २०८१ आइतबार
  • 278
    SHARES
  • सरकारले सबै सामर्थ्य लगाएर विषम परिस्थितिको सामना  गर्नेछ :अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट स्वदेश फर्किएका छन् ।

    images

    अर्थमन्त्री पौडेलले भिषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताएका छन् । उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भइ सामना गर्ने बताउँदै आ–आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरेका छन् ।

    अहिलेको अवस्थालाई ध्यानमा राख्दै अर्थमन्त्री पौडेल एयरपोर्टबाट सिधै अर्थ मन्त्रालय पुगी छलफलमा जुटेका छन् । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # विष्णुप्रसाद पौडेल